गलेश्वर, २३ असोज (रासस)
म्याग्दीको बेनी नगरपालिका¬२ ज्यामरुककोटमा परेको भीषण असिनाका कारण भित्र्याउने बेलामा १५ हजार मुरी धान उत्पादन हुने खेतमा पूर्ण क्षति पुगेको छ । असिनाका कारण ७५ लाख बराबरको धानबालीमा क्षति पुगेको बेनी...
पर्वत, २३ असोज (रासस)
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दैनिकजसो सयौंको सङ्ख्यामा रोजगारीका लागि युवा विदेशिनु दुःखद् भएको बताउनुभएको छ । मुलुकभित्रै प्रशस्त रोजगारीको अवसर र लगानीको वातावरण रहेपनि बेरोजगारीको सङ्ख्या बढ्नु बिडम्बना भएको बताउँदै उहाँले रोजगारी सिर्जनालाई तीनै...
काठमाडौँ, २३ असोज (रासस)
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणमा नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर आर्थिक साझेदारीका विषयमा छलफल गरिने जनाउनुभएको छ । भ्रमणकोे पूर्वसन्ध्यामा आज पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री एवं आर्थिक र परराष्ट्र...
राजविराज, २३ असोज (रासस)
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका– ८ स्थित बिसनपुर चोकमा मोटरसाइकल दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा६८प...
दमौली, २३ असोज (रासस)
चाडपर्वको मौका छोपी बढी भाडा लिने चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारवाही गरेको छ । यात्रुको गुनासो तथा ट्राफिक प्रहरीको जाँचको आधारमा बढी भाडा असुल्ने चालकलाई कारवाही गरिएको हो । ट्राफिक...
लहान, २३ असोज (रासस)
युवतीलाई अपहरण गरेर भारततर्फ लगिरहेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–९ गुलरिया टोल नजिकबाट अपहरणमा संलग्न गाडीसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । भारतीय नम्बरको बिआर ३२प ४२६२ नम्बरको स्कारपियोमा उदयपुर जिल्ला...
ओम प्रकाश यादव । रौतहट, २३ असोज ।पत्रकार संजय मिश्राको पहलमा एकजना ठग द्धारा ठगीएको १ लाख ५० हजार रुपैया पिडितलाई फिर्ता गराईएको छ । पत्रकार मिश्राको बिषेश पहल र जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीको निर्देशनमा कटहरिया ५...
दमौली, २३ असोज (रासस)
घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय दमौलीले जिल्लाका २४३ उद्योग खारेज गरेको छ । कार्यालयले आव २०७५÷७६ मा जिल्लामा दर्ता भएका कूल आठ हजार ११५ मध्ये २४३ उद्योग खारेज गरेको...
आरके श्रीवास्तव । ओमान,१० अक्टोबर ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रवासी संगठन प्रवासी नेपाली एकता मञ्च ओमानले दशैं विशेष कार्यक्रम आयोजन गर्ने भएको छ । ११ अक्टोबर २०१९ शुक्रबारका दिन राजधानी मस्कटको होटल अलमाहा गोब्रामा भव्य कार्यक्रम हुने भएको...
तुलसीपुर, २३ असोज (रासस)
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले ले जिल्लाका विभिन्न स्थानमा विद्युत् चोरी गर्ने ४७ उपभोक्तालाई कारबाही गरेको छ । गत आर्थिक वर्षमा विद्युत् चोरी गर्ने ४७ उपभोक्तालाई कारबाही गरी रु चार लाख ९२...














