श्रममन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा जाने श्रमिकहरुको सुरक्षा र सुविधाको लागि सरकारले काम गरिरहेको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधि बैठकमा बोल्दै उनले भर्खरैमात्र युएइमा जाने नेपाली श्रमिकहरुको न्यूनतम ज्याला बढाउने निर्णय भएको बताएका हुन् ।
उनले भने, ‘वैदेशिक रोजगारमा जाने...
एजेन्सी । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा मिसाइल प्रहारको घट्नापछि दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त भएको छ ।
सोमबार रातिदेखि उडान सञ्चालनमा गम्भीर असर परेको छ, आगमन र प्रस्थान दुवैमा ४८ वटा उडान रद्द गरिएको विमानस्थलका अधिकारीहरुले जनाएका...
नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसद श्याम घिमिरेले प्रतिपक्षी दलहरुले संसद बहिष्कार गरेर कति दिन चलाउने भन्दै प्रश्न गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारमाथि विश्वासै नगर्ने हो भने कसरी यो संसदीय अभ्यासमा सामेल हुन सकिन्छ ?...
चन्द्रपुर ९रौतहट०, असार १० गते । रौतहटको चन्द्रपुर नगरपालिकाले आर्थिक वर्ष २०८२र०८३ का लागि एक अर्ब २१ करोड ५९ लाख ५१ हजार छ सय ४० रुपियाँको बजेट प्रस्तुत गरेको छ । चन्द्रपुर नगरपालिकाको १५ औं अधिबेशनमा नगर उपप्रमुख जयमाला...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले सरकारले शंकरदास वैरागीको नेतृत्वमा गठन गरेको छानबिन समितिलाई अस्वीकार गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न गठन गरेको समितिमा नै स्वार्थको द्वन्द्वबाट...
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन गरिएको सदनलाई जानकारी दिएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नै प्रस्तावमा छानबिन समिति सरकारले गठन गरेको भन्दै समितिले भिजिट भिसाको समस्या पहिचानगरी दीर्घकालीन रूपमा निराकरण गर्नेगरी बताए...
एसीसी मेन्स यु–१६ एलिट कप अन्तर्गत नेपालले जापानलाई पराजित गरेको छ ।
मलेसियामा जारी एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटको दोस्रो खेलमा आज टस जितेर पहिले बलिङ गरेको नेपालले जापानलाई ९ विकेटले पराजित गरेको हो ।
यो जितसँगै नेपालले ४ अंक...
गृहमन्त्री रमेश लेखकले विपद व्यवस्थापनमा पत्रकारको भूमिका सबैभन्दा अग्र स्थानमा रहने बताएका छन् ।
मंगलबार संचार मन्त्रालयको सहयोगमा विपद पत्रकारिता संजालले काठमाडौमा आयोजना गरेको ‘विपद व्यवस्थापनमा पत्रकारको भूमिका’ विषयक एक दिने प्रशिक्षण कार्यक्रममा बोल्दै उनले विपदको व्यवस्थापनमा सबैभन्दा ठूलो कुरा...
मुगु । मुगु छायाँनाथ रारा नगरपालिका—१० जग्गि बढुवाल र सोही वडाका प्रेम बढुवालले खच्चड व्यवसाय गर्दै आएको एक दशक भन्दा बढी भयो ।
खच्चड ब्यवसायबाट उनीहरुले राम्रै आम्दानी गरेर घरपरिवार राम्रै चलेको थियो । आइतबार दिउसो चार बजे विद्युत प्राधिकरणको...
बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका देशकै पहिलो डिजिटल नगरपालिका घोषणा भएको छ । डिजिटल नगरपालिका घोषणा भएसँगै नगरवासीले घरबाटै अनलाइनमार्फत सेवा पाउने भएका छन् ।
राष्ट्रिय परिचय पत्रसँग आवद्ध गरी नगरपालिकाको सेवा प्रवाह गर्न लागेको हो । नगरबासीहरूले छिटो छरितो...














