जलेश्वर, २३ असार :
डिभिजन वन कार्यालय महोत्ततरीले चार लाख ५० हजार बिरुवा वितरण गर्ने भएको छ । डिभिजन वन कार्यालयबाट प्रत्येक वर्ष असार महिनामा बिरुवा वितरण हुँदै आएको थियो । यसवर्ष अघिल्ले वर्षहरु भन्दा धेरै बिरुवा वितरण गर्ने लक्ष्य...
उदयपुर (गाईघाट), २३ असार :
जिल्लाको त्रियुगा नगरपालिका–६ जलजलेस्थित दलित समुदायका महिला सीप सिकेपछि स्वरोजगार बन्दै गएका छन् । यसअघि परम्परागत पेसा ढकीमा माटो तथा गिटी बालुवा बोक्ने, जङ्गलबाट दाउरा सङ्कलन र बिक्री गरेर जीविकोपार्जन गर्दै आएका यहाँका महिला सीप...
जनकपुर, २३ असार :
मधेश प्रदेशमा चार हजार दुई सय ८७ जना एचआईभी सङक्रमितले नियमित औषधि सेवन गरिरहेका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले धनुषाको लालगढमा आयोजना गरेको तीन दिने प्रयोगशालासम्बन्धी प्रशिक्षण समापनमा एचआईभी सङक्रमितबारे उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो...
काठमाडौँ, २३ असार :
पिछडिएको क्षेत्रका निम्नमध्यमवर्गीय परिवारले ठुलो रोगबाट मुक्ति पाउन कतिसम्म सङ्घर्ष गर्नुपर्दाे रहेछ भन्ने कुरा रोग लागेपछि वा सो परिवारको सदस्य हुँदा मात्र थाहा हुन्छ । बिमारसँग जुध्दैमा त्यसबाट मुक्ति पाउने पनि सुनिश्चितता पनि हुन्न ।...
दमौली (तनहुँ), २३ असार
: तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोले घर पुरिएर बेपत्ता भएका तीन जनाकै शव फेला परेको छ । पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये एक जनाको शनिबार राति र दुई जनाको आज बिहान शव फेला परेको...
सुन्दरबजार (लमजुङ), २३ असारः
लमजुङ जिल्लाको दोर्दीका राजेन्द्र विकलाई दारबाट निर्माण गरिने विभिन्न हस्तकलाका सामग्री बनाउने कामले भ्याइनभ्याइ छ । यतिबेला वर्षायाममा गाउँका अधिकांश खेत रोपाइँमा व्यस्त रहँदा पनि उहाँ भने घरसँगैको कटेरामा बसेर दारको काठबाट विभिन्न सामग्री बनाउनै...
देउलेख (बझाङ), २३ असार :
वर्षासँगै पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरूद्ध भएको छ । शुक्रबारदेखि निरन्तर परिरहेको वर्षासँगै आएको पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध भएको हो । बझाङ र बैतडीको सिमाना नजिकै पहिरो खस्दा शनिबार रातिदेखि बझाङबाट धनगढी, महेन्द्रनगरतर्फ गइरहेका...
काठमाडौँ, २३ असार :
प्रतिनिधिसभाका सांसदहरुले निरन्तरको वर्षासँगको बाढी र पहिराबाट सिङ्गो मुलुक प्रभावित भएकाले प्रतिकार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँहरुले नागरिकको जीउधनको रक्षा गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै विपद्मा परेका नागरिकको...
काठमाडौँ, २३ असार :
आज बिहान ११ बजेका लागि निर्धारण भएको राष्ट्रियसभाको बैठक १२ः३० बजे बस्ने भएको छ । महासचिव पदमप्रसाद पाण्डेयका अनुसार आजको बैठकमा ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने...
काठमाडौँ, २३ असार (रासस):
महामारी भनेको एउटा रोग वा सङ्क्रमण हो, जसले विश्वव्यापीस्तरमा वा ठूलो भौगोलिक क्षेत्रमा तीव्ररूपमा फैलिन्छ र धेरै सङ्ख्यामा मानिसलाई प्रभावित पार्छ । यसमा सामान्यतया नयाँ सङ्क्रामक रोग समावेश हुन्छन्, जसमा मानिससँग सङ्क्रमणसँग लड्ने प्रतिरक्षा कमजोर...













