काठमाडौँ, १० साउन
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजार चार सयले घटेको छ । बुधबार प्रतितोला रु एक लाख ४७ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार निर्धारण भएको...
कास्की, १० साउन
पशुजन्य उत्पादनको लागत न्यूनीकरणका लागि प्रदेश सरकारले घाँसमा आधारित पशुपालनमा जोड दिएको छ । किसानलाई घाँस उत्पादन गर्न अनुदान दिएर दानाको माग कम गरी पशुउत्पादन लागत कम गर्नका लागि घाँसखेती प्रोत्साहन कार्यक्रम सञ्चालन भए पनि यसमा...
गोरखा, १० साउन
गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्रका विपन्न तथा दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को स्वीकृत वार्षिक नीति तथा कार्यक्रममार्फत आवश्यक बजेट विनियोजन गरी पालिकाभित्रका सबै विपन्न र दलित घरपरिवारको...
किमाथाङ्का (सङ्खुवासभा), १० साउन
यहाँस्थित जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेङ्गीका बिरामी बढेका छन् । असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेङ्गीका बिरामी बढ्न थालेपछि शय्या अभाव हुन थालेको हो । साउनयता भाइरल ज्वरो र डेङ्गीका बिरामीको सङ्ख्या...
काठमाडौँ, १० साउन
सुरभि साहित्य प्रतिष्ठानले चार पुरस्कारको घोषणा गरेको छ । चार कथाकारलाई नगद रु १० हजारसहित पुरस्कार प्रदान गर्ने घोषणा गरिएको प्रतिष्ठानका अध्यक्ष बाजुरामप्रसाद पौडेलले जानकारी दिनुभयो । पुरस्कारका लागि प्रतिभा छनौट समितिबाट सिफारिस भई आएबमोजिम सुरभि–अच्युतराम लघुकथा...
डुम्रे (तनहुँ), १० साउन
नेपाल विद्युत् प्राधिकरणले पृथ्वी राजमार्गको क्षेत्रमा प्रसारण लाइन सुधारको कामलाई तीव्रता दिएको छ । यसल गर्दा मुग्लिन–पोखरा सडकखण्डको विस्तारको कामलाई सहज बनाएको छ । सडक विस्तारको मुख्य बाधकका रुपमा रहेको बिजुलीको खम्बा सार्ने कामले गति...
भेरीगङ्गा (सुर्खेत), १० साउन
कर्णाली प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा कर्णाली प्रदेशभर एक हजार चार सय ४५ सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको हो...
कञ्चनपुर, १० साउन
शुक्लाफाँटा नगरपालिका–७ जुडका प्रतापसिंह धामी तीन दशकदेखि नर्सरी व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँका दाजु पानसिंह र भतिज रुपसिंह धामीको पनि छुट्टै नर्सरी छ । उहाँहरूका नर्सरीमा फलफूल, काठ र घर सजावटमा प्रयोग हुने सबै प्रकारका बिरुवा...
महोत्तरी, १० साउन
स्थानीय प्रशासन तथा प्रहरी कार्यालयमा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी निवेदनका चाङ लागेका छन् । आर्थिक वर्ष २०८०÷८१ सम्म दुई हजार पाँच सय ७३ वटा निवेदन फस्र्यौट नभएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । महोत्तरीमा यस प्रकृतिका निवेदन...
झापा, १० साउन
पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा रु आठ करोड १० लाख १४ हजार बराबरको जडीबुटी निर्यात भएको छ । काँकडभिट्टास्थित क्वारेन्टिन कार्यालयका अनुसार चिराइतो, रिठ्ठा, मजिठो, चुत्रोको बोक्रा, अमला, सतिबयरलगायत वनजन्य उत्पादन निर्यात भएको हो ।...













