म्याग्दी, ६ फागुन | म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौर–काफलचौर–सल्यान–भर्जुुला सडकमार्ग खुलेको १३ वर्षपछि स्तरोन्नति गर्न थालिएको छ । यो सडक मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरसँग वडा नं १ र २ का बस्ती जोडिन्छ । विसं २०६७ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर मार्ग...
रौतहट,५,फाल्गुन | रौतहटमा सरस्वतीको मुर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा शनिबार साँझ दुई पक्षबीच झडप भएको थियो ।  झडपमा केही स्थानीय घाइते भएका छन् । अहिले घटनास्थलमा ठूलो संख्यामा...
भक्तपुर, २ फागुन | राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले सरकारले आगामी आर्थिक वर्षबाट राज्यको १६औँ योजनामा खेलकुदलाई समावेश गर्ने तयारी गरेको बताउनुभएको छ । आज नेपाल सितेरियो सोबुकान कराते डो सङ्घअन्तर्गत मध्यपुर कराते एकेडेमीको चौथो वार्षिकोत्सवको...
जाजरकोट, २ फागुन | भूकम्प प्रभावित पालिकामा पूर्वाधार निर्माण गर्नका लागि उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटले जनशक्ति तयार गरिरहेको छ । जिल्लाका सबै ठाउँमा निर्माण हुने सुरक्षित तथा अस्थायी आवास निर्माण गर्नका लागि १२ कलस्टरमा तालिम दिएर जनशक्ति...
लमजुङ, २ फागुन | लमजुङको दोर्दी गाउँपालिका–८ खिन्चोक बेँसीका ३५ वर्षीय राजेन्द्र विकलाई परम्परागत काठका ठेकी व्यवसायबाट जीविकोपाजृनमा समस्या हुन थालेको छ । विसं २०७२ देखि श्रीकृष्ण हस्तकला उद्योग दर्ता गरेर ठेकी व्यवसाय सुरु गर्नुभएका विकलाई हिजोआज ठेकी बिक्री हुन...
पर्वत, २८ माघ | यहाँ सामूहिक तरकारी खेती सुरु गरिएको छ । दक्षिण पर्वतको पैंयु गाउँपालिका–७ का २३ युवा मिलेर सामूहिक तरकारीखेती सुरु गरेका हुन् । युवा जनशक्ति दिनप्रतिदिन पलायन हुँदै जाने र खेतीयोग्य जमिनसमेत बाँझो हुने क्रम बढेपछि वडा...
चितवन, २७ माघ | भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले गरिबहरुको पहिचान गरी परिचयपत्र वितरणको काम भइरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले गरिब घरपरिवार पहिचान गरी वर्गीकरण गरेर परिचयपत्र वितरणको काम अघि बढेको...
काठमाडौँ, २६ माघ | वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै रु पाँच लाख रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१४ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ शान्तिनगर बस्ने धीरज पटेल रहेका...
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), २६ माघ | पश्चिम नवलपरासीमा बालविवाह रोक्न चुनौती नै बनेको छ । लुम्बिनी प्रदेशभर देखिएको तथ्याङ्कअनुसार पश्चिम नवलपरासीमा बाल विवाह रोक्न चुनौती रहेको छ । पश्चिम नवलपरासी लुम्बिनी प्रदेशमा बाल विवाह गर्ने तथ्याङ्कमा चौथो स्थानमा रहेको...
बनियानी (झापा), २६ माघ | झापामा जङ्गली हात्तीको आक्रमणबाट जनधनको क्षति बेहोरेका हात्तीपीडित राहतको पर्खाइमा छन् । चालु आर्थिक वर्ष २०८०/८१ को साउनयता जिल्लाका विभिन्न स्थान र समयमा हात्तीको आक्रमणमा परी जनधनको क्षति बेहोरेका तीन सय २१ परिवार सरकारी राहतको...

भरखरै प्राप्त

धेरैले पढेको