मोरङ, १५ असार :
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले कृषि पेसाप्रति युवापुस्ताको आकर्षण वृद्धि गर्न विशेष जोड दिएको बताउनुभएको छ । मोरङको जहदा गाउँपालिका–३ मा आज आयोजित २१औँ राष्ट्रिय धान दिवस कार्यक्रममा उहाँले युवाका लागि तालिम, अनुदान, कृषिमा आधुनिक...
काठमाडौँ, १५ असार :
सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे सरकारी बेरुजु बढ्दै जानु चिन्ताको विषय रहेको बताउनुभएको छ । महालेखापरीक्षकको कार्यालयको ६६औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले बेरुजु बढिरहेका विषयलाई सार्वजनिक निकायका जिम्मेवार पदाधिकारीले गम्भीर रुपमा लिनुपर्छ भन्नुभयो । “प्रत्येक वर्ष...
महोत्तरी, १५ असार :
राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार मधेसमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ । राष्ट्रिय जनगणनामा उल्लेख गरिएको विवरण अनुसार १५ देखि १७ वर्षभित्र विवाह गर्ने २७.७ प्रतिशत छन् । यसैगरी १०...
कञ्चनपुर, १५ असार :
कृष्णपुर नगरपालिका–२ का एक सय आठ जना ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई आज छाता उपलब्ध गराइएको छ । वडा कार्यालयको चालु आवको स्वीकृत रू एक लाख बजेटबाट छाता खरिद गरी ज्येष्ठ नागरिकसँगै २५ जना पूर्ण अपाङ्गता भएका...
काठमाडौँ, १५ असार :
आगामी साउन १ गतेदेखि वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अनलाइन प्रणालीबाट हुने भएको छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार साँझ विदेशस्थित नेपाली नियोगका प्रमुख तथा कर्मचारीका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी दिँदै सोहीअनुरुप गर्न...
अछाम, १५ असार :
यहाँ जिल्लास्तरका उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कृत गरिएको छ । २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा जिल्लाका उत्कृष्ट तीन कृषकलाई सम्मानसहित पुरस्कृत गरिएको हो । तरकारी खेतीतर्फ रामारोशन गाउँपालिका–४ का किसान भरतबहादुर विष्ट, फलफूल...
पाटन (ललितपुर), १५ असार :
ललितपुर महानगरले आफ्नै लगानीमा वडा नं २२ र २७ लाई जोड्ने नक्खु खोलामा सवारीसाधन सञ्चालन गर्नमिल्ने पक्की पुल निर्माण गरेको छ । पाँच करोड ७५ लाख ९२ हजार छ सय २७ को लागतमा सम्पन्न पुलको...
वीरगञ्ज (पर्सा), १५ असार :
पर्साको ठोरीमा गाउँपालिका–५ सुवर्णपुरमा अवस्थित सुनाखरी मध्यवर्ती सामुदायिक घरबास (होमस्टे) प्रचारप्रसारको अभावले ओझेलमा परेको छ । मधेस प्रदेशकै पहिलो सामुदायिक घरबास पर्याप्त प्रचारप्रसार र ‘ब्रान्डिङ’को अभावले अपेक्षाकृतरूपमा पर्यटकको आवागमन बढ्न सकिरहेको छैन । यो घरबास...
मुग्लिन (चितवन), १५ असार
: जिल्लाको इच्छाकामना गाउँपालिकाले चेपाङ समुदायलाई चिउरीको बिरुवा वितरण गरेको छ । ‘चिउरी र चमेरो संरक्षण’ कार्यक्रमअन्तर्गत शुक्रबार इच्छाकामना–६ कालिखोलाका चेपाङ समुदायलाई चिउरीको बिरुवा वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले चिउरी चमेरो संरक्षण कार्यक्रमअन्तर्गत...
गल्याङ (स्याङ्जा), १५ असार :
पहिरोले घर पुरिँदा ज्यान गुमाएका परिवारका सदस्यलाई जिल्ला प्रशासन कार्यालयले आर्थिक सहयोग प्रदान गरेको छ । गएराति फेदीखोला गाउँपालिका–५ बाङ्गेमा पहिरोले घर पुरिँदा आमा ३१ वर्षीया दुर्गा जिसी र उहाँकी तीन वर्षीया छोरी निसिकाको मृत्यु...














