काठमाडौँ, १७ असार :
नृत्यकला प्रस्तुत गर्ने उद्देश्यले सिनामङ्गलमा ‘नव्य नाचघर’ सञ्चालन हुने भएको छ । एस्थेटिक डान्स स्टुडियोले उक्त नाचघर सञ्चालन गर्न लागेको हो । डान्स स्टुडियोका प्रमुख नम्रता केसीले असार २१ गते ‘प्रेमारम्भ’ शीर्षकमा नृत्यनाटिका प्रस्तुत गरेर नाचघरको...
दमक (झापा), १७ असार :
दमक नगरपालिकाले शैक्षिक सत्र २०८० मा उत्कृष्ट कार्यसम्पादन र शैक्षिक सुधार गरेको भन्दै एक विद्यालय र एकजना शिक्षकलाई पुरस्कृत गरेको छ । नगरपालिकाले कार्यसम्पादन मूल्याङ्कनका आधारमा सामुदायिक विद्यालयको मापदण्ड तथा शैक्षिक सुधारसम्बन्धी सूचकलाई पालना गर्ने...
रामपुर (पाल्पा), १७ असार :
पाल्पा जिल्लास्थित तानसेन नगपालिका–१४ का वडाअध्यक्ष शोभाकर भट्टराईले दलित समुदायका घरहरुलाई जोखिममा पारेर सम्बद्ध व्यक्तिलाई जानकारी नै नदिई जबर्जस्ती डोजर चलाएपछि स्थानीय आन्दोलित भएका छन् । स्थानीय तथा दलित समुदायका नागरिकले आफ्नो बस्तीमाथि वडाअध्यक्षका आफन्तको...
काठमाडौँ, १७ असार :
ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुला गरिएसँगै त्यस क्षेत्रको अर्थतन्त्र चलायमान भएको छ । ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग पर्यटन बोर्डको संयुक्त आयोजनामा नयाँ वर्ष २०८१ का दिन उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेद्वारा ठमेल र...
म्याग्दी, १७ असार
म्याग्दी भित्रने प्रमुख नाका कालीपुलमा स्थानीय उत्पादनको बिक्री कक्ष (कोसेली घर) आजदेखि सञ्चालनमा आएको छ । जिल्लामा उत्पादन भएको कृषि, वन, पशुजन्य उत्पादनको बजारीकरण गर्ने उद्देश्यले जिल्लास्थित उद्योग वाणिज्य सङ्घ र महिला उद्यम विकास समितिले बेनी नगरपालिकासँगको...
काठमाडौँ, १७ असार :
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगमको गरिमा सबैले रक्षा गर्नुपर्ने बताउनुभएको छ । निगमको ६६औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उहाँले विभिन्न आरोह अवरोहकाबीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडानमा अलग्गै...
काठमाडौँ, १७ असार :
वाग्मती नदीबाट काठमाडौँ उपत्यकामा खानेपानी वितरण गरिने सुन्दरीजल क्षेत्र हिउँदमा खानेपानी अभाव र वर्षाका बेला धमिलो पानी पिउनुपर्ने बाध्यताबाट गुज्रन परेको छ । मुहान क्षेत्रमै पानी नआउने र पानी परेका बेला धमिलो पानीमात्र आउन थालेपछि स्थानीय...
तुलसीपुर, १७ असार :
दाङ तुलसीपुर उपमहानगरपालिका–९ का हीरा जैसी घरायसी काममा नै धेरै व्यस्त हुनुपर्छ । उहाँको दैनिकी चुलोचौकोसँगै भैँसी पाल्ने, घास काट्नेजस्ता काममै बित्ने गर्छ । “हामी सधँै चुलोचौकोमै सीमित भयौँ, तर, अब यसरी सीमित हुने छैनौँ”, उहाँले...
फिक्कल (इलाम), १७ असार :
इलामको फिक्कल–जोगमाई–नयाँबजार–दुधाङ सडकअन्तर्गत फिक्कल–नयाँबजार सडक खण्डको कालोपत्र भएको छ । सडकको जिरो प्वाइन्ट सूर्योदय नगरपालिका–९ फिक्कलस्थित बरबोटेदेखि गन्तव्य स्थान माइजोगमाई गाउँपालिका–१ नयाँबजारसम्म २० किलोमिटर दुई सय मिटर सडक कालोपत्रे पूरा भएको हो । कोशी प्रदेश...
काठमाडौँ, १७ असार :
चन्द्रागिरि नगरपालिकाले आगामी साउन १ गतेदेखि बालबालिकाको नाममा रु पाँच हजार सङ्कलन गरिदिने भएको छ । नगरभित्रका बालबालिकाको शैक्षिक, आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले पहिलोपटक यस्तो कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको हो । स्थायी बसोबास गरेका...














