लमजुङ, १९ असार :
अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा मङ्गलबार साँझदेखि अवरुद्ध बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्ड सञ्चालन भएको छ । यस सडक खण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे र मस्र्याङ्दी गाउँपालिका–९ गोपालडाँडामा आएको पहिरो आज बिहानदेखि हटाएसँगै लमजुङ सञ्चालन भएको...
खोटाङ, १९ असार :
जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजारको मुख्य सडक ढलान गर्ने काम सम्पन्न गरिएको छ । कोशी प्रदेशअन्तर्गत सहरी विकास तथा भवन कार्यालय ओखलढुङ्गाको रु २५ लाखको लागतमा ढलानको काम सम्पन्न गरिएको हो । जन्तेढुङ्गा गाउँपालिकाका अध्यक्ष अरुणादेवी राईले...
चितवन, १९ असार :
बीमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको अभिनय गर्ने पसल सञ्चालकसहित पाँच जना पक्राउ परेका छन् । यही असार १ गते साँझ कालिका नगरपालिका वडा नम्बर ६ खोलेसिम लस्थित विनोद सुनचाँदी पसलमा लुटपाट गरेको आरोपमा पसलका...
टीकापुर (कैलाली), १९ असार :
कैलालीको टीकापुर नगरपालिका वडा नं ६ बेलुवाबोझीकी पार्वतीदेवी चौधरीले छ महिनाअघिसम्म आफ्ना बालबालिकाले काम बिगार्दा गाली गर्नुहुन्थ्यो । राम्ररी पढेनन् भनेर रिसाउने, गाली गरेर काममा लगाउने उहाँको बानी पछिल्लो समय फेरिएको छ । समुदायमा सञ्चालन...
नवलपुर (नवलपरासी), १९ असार
: हालै सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसइई)मा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का १२ विद्यालयको नजिता ‘शून्य’ आएको छ । विसं २०८० को एसइईमा सहभागी भएका एक सय ३९ विद्यालयमध्ये एउटा प्रविधिकसहित नौवटा सामुदायिक विद्यालय र तीन वटा संस्थागत विद्यालयको...
म्याग्दी, १९ असार :
बेनी नगरपालिका–७ मङ्गलाघाटमा म्याग्दी नदीको कटान र बाढी नियन्त्रणका लागि रु १२ करोडभन्दा बढी लागतमा पक्की पर्खाल निर्माण भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले मङ्गलाघाटस्थित म्याग्दी नदीको किनारमा कम्पोजित...
काभ्रेपलाञ्चोक, १९ असार :
यहाँको नमोबुद्ध नगरपालिकाले ‘ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम’अन्तर्गत ७० वर्षमाथिका छ हजारभन्दा बढी ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । नगरका स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा जनप्रतिनिधि, कर्मचारीलगायतको सहयोगमा छ हजार ६५ ज्येष्ठ नागरिकलाई...
त्रिवेणी (नवलपरासी), १९ असार :
नारायणगढ– बुटवल सडक विस्तार योजनाको दोस्रो पटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदै छ । विसं २०७५ माघमा सम्झौता भएर सडक विस्तारको काम थालिएको थियो । यसबीचमा दुईपटक म्याद थप गरिएको छ । दोस्रो...
काठमाडौँ, १८ असार :
प्रतिनिधिसभा सदस्यहरूले भ्रष्टाचार नेपाली समाजको नियति बनेकामा चिन्ता व्यक्त गरेका छन् । सङ्घीय संसद् सचिवालय मानव संसाधन विकास महाशाखाद्वारा आज यहाँ आयोजित ‘नेपालमा भ्रष्टाचारसम्बन्धी कानुनी व्यवस्था ः समस्या र सुझाव’ कार्यक्रका वक्ताले कानुन कार्यान्वयनको अवस्था, व्यावहारिकता...
काठमाडौँ, १८ असार :
एकल महिलाको हित संरक्षण तथा प्रवद्र्धनका लागि स्थापना गरिएको ‘एकल महिला सुरक्षा कोष’को रकम उपयोग गर्न सम्बन्धित महिला अधिकारकमीले माग गर्नुभएको छ । राष्ट्रिय महिला आयोगले आज एकल महिलाको नीतिगतसम्बन्धी अधिकारका विषयमा गरेको छलफलमा अधिकारकर्मीले उक्त...













