काठमाडौँ, २० असारः युरोपियन युनियन (ईयु) को सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट परियोजनाअन्तर्गत प्लास्टिकजन्य फोहरमैला उद्यम व्यवस्थापनका लागि रु एक करोड २० लाख बराबरको अनुदान रकम दिइने भएको छ । युरोपिएन युनियन (ईयु) को सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट परियोजनाअन्तर्गत...
महेन्द्रनगर (कञ्चनपुर), २० असार ः केही दिनअघि सार्वजनिक एसइई नतिजामा कञ्चनपुरका आठ वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ । शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका निमित्त प्रमुख राजेन्द्रप्रसाद भट्टले यहाँका विभिन्न पालिकाका आठ वटा विद्यालयको नतिजा शून्य भएको बताउनुभयो...
गुल्मी, २० असारः जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले किसानलाई ‘मिल्क एनलाइजर’ (दूधको शुद्धता र गुणस्तर मापन गर्ने) मेसिन प्रदान गरेको छ । केन्द्रले पशुपक्षी तथा मत्स्य प्रविधि प्रदर्शनअन्तर्गत जिल्लाको धुर्कोट गाउँपालिका–५ का व्यावसायिक किसान रवीन्द्र घिमिरेलाई उक्त मेसिन...
काठमाडौँ, २० असार : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क बनाउने तथा विशेषज्ञ स्वास्थ्य सेवालाई बीमामार्फत् गर्ने योजना अघि बढाइएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१÷८२ को विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको...
काठमाडौँ, २० असारः सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्षदेखि राष्ट्रिय समाचार समिति (रासस)को सेवालाई २४सै घण्टा प्रवाह गर्ने व्यवस्था मिलाइएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाउनुभएका जिज्ञासाको जवाफ दिँदै मन्त्री शर्माले...
बैतडी, २० असारः यहाँका १८ विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा शून्य नतिजा ल्याएका छन् । एक सय २८ सामुदायिक विद्यालयमध्ये १८ वटाको नतिजा शून्य आएको हो । परीक्षामा एक सय २८ सामुदायिक र चार संस्थागत विद्यालयको सहभागिता रहेको बताउँदै...
गण्डकी, २० असार : ‘ एक निर्वाचन क्षेत्र, एक नमुना घरबास’ कार्यक्रमअन्तर्गत यहाँका ३३ सामुदायिक घरबास (होमस्टे)ले सरकारी अनुदान पाएका छन् । घरबासमार्फत ग्रामीण पर्यटन प्रवद्र्धनका लागि गण्डकी प्रदेश सरकारले तीस घरबासलाई रु १२ लाख र तीन वटालाई रु १०...
काठमाडौँ, २० असार : सहरी विकासमन्त्री धनबहादुर बुढाले भौगोलिक विकटताको आधारमा बजेट विनियोजन हुनु न्यायोचित रहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा बोल्दै मन्त्री बुढाले दुर्गम क्षेत्रलाई अझ बढी प्राथमिकतामा राखेर बजेट विनियोज हुनु आवश्यक रहेको बताउनुभयो । “स्रोतको न्यायोचित...
काठमाडौँ, २० असारः यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि उच्च देखिएको छ । आज नेप्से परिसूचक १५ दशमलव ४६ अङ्कले बढेर दुई हजार एक सय १९ दशमलव ६९ अङ्कमा कायम...
काठमाडौँ, २० असारः युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पेरिस ओलम्पिक, मिसन–२०२६ र छैटौँ एसियन इण्डो मार्सल आर्ट–२०२४ लगायत अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न रु चार करोड ३४ लाख विनियोजन गरिएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा मन्त्री...

भरखरै प्राप्त

धेरैले पढेको