रौतहट ५ असोज ।
रौतहट प्रहरीले लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । करिब ३ किलो गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । मौलापुर नगरपालिका ३ गम्हरीया स्थित सहिद चोकबाट राजदेबी नगरपालिका ७ मुडबलवा बस्ने ३० वर्षीय अरबिन्द जैसवाल र देवाही गोनाही नगरपालिका–७ उचिडिह बस्ने १९ वर्षीय वीरेन्द्र रामलाई गाँजा सहित प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले साइकलमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो । लागु औषध सहित पक्राउ परेकाहरुको आवश्यक अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here