लुम्बिनी, ९ साउन
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त आचार्य राज्य पुनःसंरचनाअन्तर्गत सङ्घीयताबमोजिम स्थापना भएको लुम्बिनी प्रदेश सरकारको छैटौँ र विसं...
सुदूरपश्चिम, ८ साउन
सुदूरपश्चिम प्रदेशसभाको विषेश अधिवेशनअन्तर्गत पहिलो बैठक कारबाही आजदेखि सुरु भएको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) लगायतका दलले नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले आज...
काठमाडौँ, ८ साउन
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर बनेको सरकारलाई असफल हुने छुट नरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले दोस्रो वर्ष...
बागमती, ८ साउन
नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ) बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नेपाली कांग्रेस र...
काठमाडौँ, ८ साउन
प्रतिनिधिसभाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसहमतिबाट स्वीकृत भएको हो । उक्त...
काठमाडौँ, ८ साउन
मुलुकको अर्थतन्त्रका देखिएका चुनौती र समाधानका उपायबारे अर्थमन्त्रालयका कर्मचारीहरुले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ‘ब्रिफिङ’ गरेका छन् । मन्त्रालयले आज प्रेस नोट जारी गर्दै विभिन्न चुनौती पहिचान भएका र ती चुनौती समाधानका लागि चाल्नुपर्ने कमदबारे पनि अर्थमन्त्री पौडेललाई...
काठमाडौँ, ८ साउन
प्रतिनिधिसभाले संसदीय सुनुवाइ र विषयगत समितिमा सदस्य थप र हेरफेर गरेको छ । सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राख्नुभएको सदस्यको नाम हेरफेरसम्बन्धी प्रस्तावलाई सभाले सहमति जनाएको थियो । सभामुख घिमिरेले संयुक्त बैठक र संयुक्त समिति...
काठमाडौँ, ८ साउन
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले नवगठित केपी शर्मा ओली नेतृत्वको सरकारलाई बधाई दिँदै जनताका गुनासा सम्बोधनका लागि ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरुले संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)लगायतको सहभागिता रहेको...
बागमती, ८ साउन
बागमती सरकारमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच मन्त्रालय बाँडफाँट भएको छ । कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, श्रम रोजगार तथा...
काठमाडौँ ८ साउन
गृहमन्त्री रमेश लेखकले अध्यागमनसम्बन्धी ऐन, कानुन निर्माणमा सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । आज अध्यागमन विभागको निरीक्षणपछि गृहमन्त्री लेखकले एक महिनाभित्र ऐन, नियम, कार्यविधि र नियामाली गृह मन्त्रालयमा प्रस्तुत गर्न निर्देशन दिनुभएको हो । उहाँले...











