रौतहट ।
रौतहट जिल्लामा खोजी रिक्रूटमेंट सर्विस प्राइवेट लिमिटेड मेनपावरको शाखा संचालनमा आएको छ। रौतहट स्थित गरुडा नगरपालिका वार्ड नं ६ पोठियाहीमा आज बिधिवत रुपमा खोजी रिक्रूटमेंट सर्विस प्राइवेट लिमिटेड मेनपावरको शाखा उदघाटन भएको छ।

शाखा प्रवन्धक तुलसी जयसवाल ज्यूँको सभापतित्व प्रमुख अतिथि समाजसेवी मोहमद जमसैद ज्युले रातो फीता काटी बिधिवत उदघाटन गर्नु भएको हो।

कार्यक्रमको शुभ अवसरमा कटहरिया न.पा. का नगर प्रमुख अजय प्रकाश जयसवाल , वृन्दावन न.पा.का पूर्व नगर प्रमुख रामस्नेही यादव ज्यू, ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी उपरिक्ष छेदीलाल कामती , जसपा नेपालका युवानेता राजकुमार दास, गरुडा उद्योग वाणिज्य संघका अध्यक्ष हरिन्द्र प्रसाद, बिभिन्न राजनैतिक दलका नेता तथा कार्यकर्ता लगायत भद्रभलादमी, शिक्षाप्रेमी, बुद्धिजीवी, सुरक्षाकर्मी, पत्रकारको उपस्थितिमा विधिपूर्वक उदघाटन समारोह सुसम्पन्न भएको हो।







