जीतपुर, १२ फागुन ।

जिल्ला स्तरीय ७ औं कराते प्रतियोगिता शुक्रबार देखि जीतपुर स्थित शान्ति टोल मैदानमा सुरु भएको छ । नेपाल सितोरियो कराते शाखा डोजो जीतपुरको आयोजनामा शुक्रबाट सुरु भएको ७ औं जिल्ला स्तरीय कराते प्रतियोगिता शनिबार सम्पन्न हुने भएको छ ।

शान्ति टोल मैदानमा सुरु भएको कराते प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथि समेत रहेको मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले उद्घाटन गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य चौधरीले जटिल अवस्थामा पनि नेपाल सितोरियो कराते शाखा डोजो जीतपुले जिल्ला भरि आफ्नो छुटै पहिचान बनाएको बताउनु भएको थियो । त्यस्तै उहाँले आउदो दिनमा नेपाल सितोरिया कराते डोजो शाखा जीतपुरलाई आफ्नो तर्फ बाट सक्दो सहयोग गर्ने बताउनु भयो ।जीतपुर भित्र संचालनमा रहेको बिद्यालयको बिद्यार्थीहरुले आज बिहानै नगर परिक्रमा गरेर शान्ति टोल खेल मैदानमा आएर नृत्य समेत प्रस्तुत गरेको थियो । कार्यक्रमो विशिष्ट अतिथि समेत रहेकी जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ को वडा सदस्य सिता उप्रेतीले वडा स्तरीय बजेट बाट ७ औं जिल्ला स्तरीय कराते प्रतियोगिता गराउनको लागि नेपाल सितोरियो कराते डोजो शाखालाई १ लाख ४० हजारको खेलकुद सामाग्री उपलब्ध गराएको बताउनु भएको थियो । उहाँले आउदो दिनमा पनि वडा स्तरीय बजेट बाट डोजो शाखालाई आवस्यक पर्ने सहयोग गर्ने समेत बताउनु भयो ।

७ औं जिल्ला स्तारीय कराते प्रतियोगिताको अनुमानित खर्च ४ लाख ३५ हजार ५ सय रुपैयाँ रहेको डोजो शाखा जीतपुरको अध्यक्ष एवं प्रशिक्षक मनोज साहले बताउनु भएको थियो ।उक्त प्रतियोगितामा अमलेखगंज,सिमरा,डुमरवाना,रमौली छातापिपरा,रामबन, जीतपुर र कलैया गरि ८ टिमको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here