३ जेठ, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।आज बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार अध्यक्षमा पाशाङ नुर्पु शेर्पा र उपाध्यक्षमा दिछेन शेर्पा निर्वाचित भएका हुन् ।अध्यक्षमा निर्वाचित पाशाङ नुर्पुले २ हजार ६०५ मत पाए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत कुमार खड्काले २ हजार ४८ मत पाएका छन् । माओवादी केन्द्रका उम्मेदवार राज कुमार पौडेलले १ हजार ९१८ मत पाए ।यसैगरी उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी दिछेन शेर्पा २ हजार ७१२ मतसहित निर्वाचित भइन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सुन्तली माया श्रेष्ठले २ हजार ५५३ मत पाएकी छन् ।यसैगरी माओवादी केन्द्रकी उपाध्यक्ष उम्मेदवार आशा गुरुङ शेर्पाको पक्षमा १ हजार ६१२ मत परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here