काठमाडौं,२५,भदौ  ।

म्यानमारसँगको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाल १–० ले पराजित भएको छ ।खेलको ८५ औं मिनेटमा नेपालले काउन्टर अट्याकमा गोल खाँदै पराजय बेहोरेको हो ।८६ औं मिनेटमा मनिष डाँगीको पासमा लकेन लिम्बुले प्रहार गरेको बल पोष्टमा ठोकिएर बाहिरिएको थियो । सोही क्रममा डिफेन्सिभ मुभ सहित काउन्टर अट्याकमा म्यानमारले गोल गरेको हो ।म्यानमारका लागि विन न्याङ तुङले ८६ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बनेको हो ।नेपालका खेलाडीले म्यानमारको गोल अफसाइट भएको माग गरेका थिए । सोही क्रममा नेपालका कप्तान किरण कुमार लिम्बुले पहेंलो कार्ड पनि पाए ।पहिलो खेल शुक्रबार गोलरहित बराबरीमै टुङ्गिएको थियो । पहिलो खेलमा अञ्जन विष्टले पेनाल्टीमा गोल गर्न चुक्दा नेपाल बराबरीमा रोकिएको थियो ।नेपाल फिफा वरीयतामा १७५ औं स्थानमा छ भने म्यानमार १५ स्थान माथि १६० औं स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here