काठमाण्डौं ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।
आज दिउँसो प्रदेश एक, बागमती  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश एक र गण्डकीमा राति पनि हल्का हिमपातको सम्भावना छ । प्रदेश नं १ को पहाडी भू–भागका एक–दुई स्थानमा आज हल्का वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशमा भने तत्काल वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here