काठमाण्डौ ।
नेपाली काँग्र्र्र्र्र्र्र्रेसका सांसद शंकर भण्डारीले कृषि अनुदानका लागि नक्कली किसान खडा गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ ।
सांसद भण्डारीले उत्पादनको आधारमा कृषि अनुदान दिने व्यवस्था मिलाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद भण्डारीले किसानलाई बेलैमा मल, बीउ र सिँचाईको आवश्यक व्यवस्था मिलाउने काममा कसले अवरोध पु¥यायो ? भनि सरकारलाई प्रश्न समेत गर्नु भयो । उहाँले बिचौलियाले असाधारण नाफा कमाउने तर उपभोक्ताहरु मारमा पर्ने गरी कृषि अनाजहरुको खरिद गर्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि सरकारलाई सुझाव दिनु भयो । सांसद भण्डारीले भन्नु भयो, ‘कृषिमा अनुदान नदिनाले हाम्रा उत्पादन महंगा छन । केही मात्राा दिइएको कृषि अनुदान पनि वास्तविक किसानले पाउन मुस्किल छ । यदाकदा कसैले पायो भने त्यसभित्रको यर्थाथता अर्कै छ । खेती गर्ने बेलामा बिउ छैन । चाहिएको बेलामा मल छैन । सिँचाई गर्न पानी छैन । उत्पादन बेच्न बजार पाउन सकिदैन । किसानहरु ऋणमा चुलुम्ब डुबेका छन । विचौलियाले असाधारण नाफा कमाउँदा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन । यो अवस्था अन्त्य कसरी गर्ने, कहिले गर्ने ? हाम्रा संरचनाहरु साँँच्चैनै निकम्मा भएका छन ? गम्भिर प्रश्न उठेको छ । किसानलाई संरक्षण नगर्ने हो भने कृषि पेशा बचाउन सक्ने अवस्था छैन । वास्वतमा किसानलाई उत्पादनको आधारमा अनुदान दिने व्यवस्था मिलाउनु पर्दछ । अनुदानमा नक्कली किसान खडा गर्नेलाई कारवाही गर्नु पर्दछ । मल, विउ र सिँचाईमा उपलब्ध गराउन हामीलाई के ले छेकेको छ ? मैले बुझेको छैन । यसमा हाम्रो ध्यान जान जरुरी छ । यो कामको विषयमा पनिकुरा गर्न आवश्यक छ । नेपालको वर्तमान अवस्थामा यो कुरा भयो भने यसले नेपालको वर्तमान अवस्थामा केही पनि गर्न सकिने अवस्था छैन ।अभियानकै कारण यो काम गर्न सकिन्छ भन्ने नै हो । नेपालकोवतृमान अवथा कसरी जान सकिन्छ भन्ने नै हो ।’

सांसद भण्डारीले कृषिमा आवश्यक अनुदानको व्यवस्था नहुँदा हाम्रा उत्पादनहरु महंगो पर्न गएको उल्लेख गर्दै सस्तोमा उत्पादन हुने गरी नीतिगत व्यवस्था मिलाउन पनि सरकारलाई दवाव दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here