हिजो राती भएको विद्यार्थी विच चक्कु प्रहार प्रकरण ,सुरज यादवलाई विरगंज रेफर। रौतहटको गौर नगरपालिका वर्डा नम्बर ४ बस्ने १२ वर्षीय सुरज यादवलाई ४ जना केटा मिलेर सांघातिक हमला गरि चक्कु प्रहार गरेर गम्भीर घाइते बनाएको छ। गौर नगरपालिका कार्यालय दक्षिण छेउमा संतोष यादव सरले ट्युसन पढाउने ४ जना विद्यार्थीले सुरज यादव विद्यार्थी माथी सामुहिक चक्कु प्रहार गरेर गम्भीर घाइतेलाई न्युरो विरगंज अस्पतालमा उपचाररत छन् । यस्तो निन्दनीय कार्यमा संलग्न भएको ४ जना विद्यार्थी उपर हदैसम्मको कानुनी कार्यवाहीको माग घाइतेको बुबा बिनोद यादवले गरेका छन। दुई जना सामान्य घाइते बनाएकोलाई प्रादेशिक अस्पताल गौरमा उपचार भइ रहेको जनाएको हो। गौर नगरपालिका चौक स्थित शिक्षक सतोष यादवले ट्युसन पढी रहेको विद्यार्थी बिच छुरा हानहान हिजो बिहीबार राती भएको थियो।








