रौतहट,१२,असोज ।
आज दशैँको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिंदै छ । चन्द्रघण्टाको पूजा आराधनाले साधकमा वीरता र निर्भयताको साथमा सौम्यता र विनम्रताको विकास हुने धार्मिक विश्वास छ । चन्द्रघण्टालाई पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रघण्टा देवीको शीरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुट घण्ट जस्तो देखिने हुँदा यी देवीलाई चन्द्रघण्टा भनिएको धार्मिक मान्यता छ । अश्विनको शूक्लप्रतिपदाको घटस्थापना गरेर दुर्गा देवीका नौँ वटा रुपहरुको पूजा आराधना गरिने गरिन्छ । चन्द्रघण्टालाई पार्वतीको सौन्दर्य अवतार मानिन्ने समेत श्रीमददेवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।







