सल्यान,१२,असोज ।

सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । बाँकेको कोहलपुर धकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिम जादैँ गरेको रा १ ज ५६३ नम्बरको जीप दुर्घटना हुँदा एकै परिवारका ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कपुरकोट गाउँपालिका ३ मूलपानीमा आज बिहान करिब ३:३० बजेतिर भएको जीप दुर्घटनामा परेर चालक कपुरकोट गाउँपालिका ६ जलवाङका २१ वर्षीय जितबहादुर बोहोरा, सोही स्थानका ३७ वर्षीय धर्मा ओली, ४० वर्षीय टोप बहादुर ओली, उनका ११ वर्षीय छोरा बसन्त ओली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षकी कुमारी ओली र ३५ वर्षीय ललित ओलीको मृत्यु भएको छ । ९ जना सवार भएका जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको र एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटना परेर गम्भीर घाइते भएका कपुरकोट गाउँपालिका ६ जलवाङकै २५ वर्षीय तिलक ओलीको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । यस्तै अन्य तीन जनाको अवस्थामा सामान्य रहेको बताइएको छ । भान्जीको बिहेबाट घर फर्किने क्रममा जीप अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here