जनकपुर, २४ कार्तिक ।
धनुषाधाम नगरपालिका वडा नं.६ मालटोलस्थित पूर्वपश्चिम लोकमार्ग दुर्घटना हुँदा बसको पुरै भाग जलेर नष्ट भएको छ भने बसेमा सवार १२ जना यात्रु घाइते भएका छन् ।
बुधबार बिहान ८ बजेको समयमा ना ६ ख ७१०२ नम्बरको बसको सन्तुलन बिग्रेपछि सडकबाट तल खस्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । सडकबाट तल खसेको बसमा आफै आगो लाग्न गएको इलाका प्रहरी का र्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताउनुभयो । उनका अनुसार बस पल्टिने क्रममा तेल टंयाकी फुटन गई बसमा आगो लागेको प्रारम्भिक अनुमान गरिएको गरिएको छ ।
बसमा सवार यात्रुमध्ये १२ जना घाइते भएको छ । घाइतेहरुको नाम ठेगाना तत्काल खुल्न सकेको छैन । तर घाइते हुनेमा सात जना महिला, चार जना पुरुष र एक जना बालक रहेको प्रनि सुवेदी जानकारी दिनुभयो । घाइते मध्ये १० जनाको पुष्पवलपुर स्थित एक नीजि स्वास्थय उपचार केन्द्रमा दुई जनाको लालगढस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ भने बाँकी यात्री सकुशल रहेको छ ।
बसमा लागेको आगो ढल्केवरस्थित दंगा नियन्त्रण गणका सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय ढल्केवर जनपद प्रहरीले बरुण यन्त्रको मद्दतले नियन्त्रण लिइएको छ । आगोमा परी अधिकांश यात्रुको समान समेत जलेर नष्ट भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here