अखिलेश कुमार यादव ।रौतहट ।
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको नगरप्रमुख धर्मेन्द्र पटेलले सोमबार एक कार्यक्रमको बीच देवाही स्वास्थ्य चौकी तथा प्रसुती गृह भवनको उद्घाटन गर्नु भएको छ ।
देवाही गोनागि नगरपालिकाको नगरप्रमुख धर्मेन्द्र पटेलको कोष बाट ७८ लाखको लागतमा निर्मित स्वास्थ्य चौकी तथा प्रसुती गृहको उद्घाटन गरिएको नगरप्रमुख पटेलको सहयोगी अशोक पटेलले रेडखबर अनलाईनलाई जानकारी दिनु भएको छ ।
देवाही गोनाही नगरपालिकाको वडा न ३ देवाहीमा उद्घाटन भएको उक्त स्वास्थ्य चौकी तथा प्रसुती गृहले आसपास रहेको गाउँको जनता अब लाभान्वित हुने भएको छ ।
सामान्य स्वास्थ्य समस्या भए पनि देवाहीमा उपचार न भए पछि बाहिर जानु पर्ने भएको गुनासो आए पछि नगरप्रमुखले आफ्नो कोष बाट नै जनताको समस्या र पिडा लाई आफ्नो समस्या झैँ बुझेर स्वास्थ्य चौकी तथा प्रसुती गृह भवनको उद्घाटन गर्नु भएको स्थानीयहरुले बताएका छन् ।
नवनिर्मित भवन उद्घाटन भए पछि अब चाडै नै अब अनुभवी चिकित्सकको साथ् साथै सुबिधा सम्पान् उपकरण बाट सेवा दिने भएको नगरप्रमुख धर्मेन्द्र पटेलले बताउनु भएको छ ।
त्यसति आउदो दिनमा बाकि रहेको वडामा पनि चाडै स्वास्थ्य चौकी तथा प्रसुति गृहको निर्माण गरिने नगरप्रमुख धर्मेन्द्र पटेलले प्रतिबद्धता समेत गर्नु भएको छ ।
उक्त उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति रौतहटको उपसभापति बशिस्ट यादव, वडा सदस्य रजमन्ती देवी, वडा सदस्य श्रीफागु साह , लगाएत दर्जनौ जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।








