काठमाण्डौं, २२ कार्तिक ।
भैरहवाहाका नेकपा एमालेका धनीराम चौधरी नेतृत्वमा विभिन्न पार्टीका नेता कार्यकर्ताहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । सोमबार प्रदेश नं.५ को भैरहवा आयोजित पार्टी प्रवेश एवम शुभकामना कार्यक्रममा नेकपा एमालेका नेता धनिराम चौधरीको नेतृत्वमा माओवादी, कांग्रेस , एमाले लोसपा परित्याग गरि सयौको संख्यामा नेता तथा कार्यकर्ताहरुजसपा, नेपालमा प्रवेश गरेका छन।
जनता समाजवादी पार्टी ,नेपाल रोहिणी गाउपालिका कमिटी धकधईले आयोजन गरेका पार्टी प्रवेश ए वं शुभकामना कार्यक्रममा पार्टीका केन्द्रियअध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी उपेन्द्र यादवले फुलमाला र अबिर लगाई स्वागत गर्दै जसपा, नेपालको संघीय समाजवादले नै उत्पिडनको अन्तय गर्ने बताउनु भएको छ।








