कैलाली- सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा मंगलबार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४० जनाको नमूना परिक्षण गरिएकोमा १० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए।

हाल अस्पतालमा ८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।जसमध्ये ६ जनाको आइसियुमा उपचार भईरहेको छ भने १ जनाको भेन्टिलेटरमा उपचार भइएरहेको अस्पतालले जनाएकोे छ। यस्तै अस्पतालमा ३ जना बिरामी भर्ना भएका छन्।

यस्तै अस्पतालमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनपुरको वेदकोट नगरपालिका २ का ४० बर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here