पोखरा । मुगुको जे छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएछ।

नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

क्षतिको पूर्ण विवरण आई नसकेको र प्रहरी उद्धारकार्यमा खटिरहेको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । उद्धारका लागि सुर्खेतबाट पनि हेलिकोप्टर जाने तयारी भइरहेको बताइएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here