काठमाडौँ– नेपालीहरुको महान् चाड बडा दसैंको आगमनसँगै देशका विभन्न शहरहरुबाट गाउँ फर्किनेको लर्को लागेकछ

केही दिनयता नेपालीहरुको दसैं मनाउन काठमाडौँबाट गाउँ फर्किनेहरुको लर्को लागेको हो।

केही दिनदेखि दसैं मनाउन गाउँ जानेहरुको लर्को लागेसँगै काठमाडौँ सुनसान बन्न थालेको छ।
आज फूलपातीका दिन काठमाडौँको कोटेश्वर, तीनकुने, कलंकी, नयाँ बसपार्क लगायतका स्थानहरुमा मानिसहरुको लर्को लागेको थियो।

बिस्तारै–बिस्तारै काठमाडौँ शहरमा मानिसको चाप घट्दै गइरहेको छ भने सवारी साधनहरुको चापसँगै गाउँ फर्किने यात्रुहरुको लर्को देख्न सकिन्छ।
]नवरात्र सुरु भएसँगै रोजगारी र अध्ययनको सिलसिलामा काठमाडौँ आएकाहरु गाउँ फर्किन थालेका हुन्।

यातायात व्यवस्था विभागले लामो दूरीको सवारीसाधनको लागि अग्रिम टिकट बुकिङ आश्विन ११ गतेबाट खोलेदेखि मंगलबार (फुलपाती) बिहान ४ बजेसम्म ६ लाख ८८ हजार २४३ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन्।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here