काठमाडौं- बाजुरास्थित जुड्डीको भिरमा सुख्खा पहिरो जाँदा कर्णाली नदी थुनिएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक महेश शाहीले पहिरोका कारण कर्णाली नदी सुकेको जानकारी दिए।

मंगलबार बिहान कर्णाली नदी साविकको सतहभन्दा १० देखि १५ मिटर तल झरेको स्थानीयले बताएका छन्। नदी एक्कासी सुकेपछि स्थानीय त्रसित भएका छन्। नदी घटेसँगै स्थानीय माछा संकलनका लागि जुटेका छन्।
पहिरो खोलेर नदीमा बाढी आउने जोखिम रहेको भन्दै सतर्क रहन प्रहरीले स्थानीयलाई आग्रह गरेको छ। विहान पानीको सतह निकै घटेको भएपनि अहिले भने केही बढेको छ।
हुम्लाको हिल्सावाट वग्ने कर्णाली नदी नेपालको सबै भन्दा लामो नदी पनि हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here