काठमाडौँ । शोभित बस्नेतले निर्देशन गरेको चलचित्र ‘डाँडाको वरपीपल’ दशैको अवसर पारेर आज फूलपातीबाट प्रदर्शनमा आएको छ ।
चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीव जङ्ग बस्नेत, अस्मिता जुरेली, प्रदीप गिरि, अप्सना थापा, हिउँवाला गौतम, उत्तम केसी, रश्मि भट्ट, सुशान्त कुमार श्रेष्ठ, पल ठकुरी, अस्मी थापा, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ ।
बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा नवराज गिरीको लगानी रहेको छ । रामकाजी घिमिरेको लेखन रहेको चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया र एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी, नवराज गिरीको गीत, मित्रदेव गुरुङको सम्पादन छ ।








