रौतहट,२७ आषाढ//महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव प्रहरीले फेला पारेको छ। बेपत्ता भएको एक महिनापछि प्रहरीले आज विहान सुजिताको शव फेला पारेको हो । प्रहरीका अनुसार आफ्नै पेट्रोल पम्पको छेउमा रहेको शौचालयको सेप्टिक ट्यांकीमा सुजिताको शव भेटिएको हो।
केहिदिन अगाडी अहिले शव फेला परेको स्थानदेखि करिब एक किलोमिटरको दुरीमा रहेको खेत उत्खनन गर्दा सुजिताको शरिरका केहि अवशेष फेला फरेको थियो । त्यसपछि सुजिताको हत्या आरोपमा देबर रूपेश ठाकुर र श्रीमान मुकेश ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनी दुबैजना लाई प्रहरी हिरासतमै राखिएको छ।
उनीहरु सहित ६ जनाको संलग्नता देखिएको प्रहरीले बताएको छ ।यो घटनाको सुक्ष्म अनुसन्धानका लागि अधिकारकर्मी गुन्जा राय र सामाजिक अभियन्ता सरोज रायले निरन्तर दबाब दिएका थिए।







