रौतहट,२७ आषाढ//समयमै पर्याप्त मात्रामा वर्षा भएकोले रौतहट जिल्लामा अहिलेसम्म ७५ प्रतिशत धान रोपाई भएको छ ।आकाशे पानीको भरमा खेती गर्ने रौतहटका किसानहरु समयमै वर्षा भएकोले अहिलेसम्म ७५ प्रतिशत धान रोपाइँ गरेको हो। जिल्ला कृषि ज्ञान केन्द्र रौतहटका अनुसार हालसम्म ७५ प्रतिशत धान रोपाई सकिएको र अब २५ प्रतिशत रोपाई हुन मात्र बाँकी रहेको बताइएको छ।

रौतहटमा धान खेती हुने ४९ हजार ३ सय हेक्टर जग्गा मध्ये अहिलेसम्म ७५ प्रतिशत जग्गामा धान रोपाइँ भएको र २५ प्रतिशत बाकी रहेको कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख चन्द्रभुष्ण झाले बताएका छन्। यस वर्ष समयमै वर्षा भएकोले जिल्लाको सबै ठाउका किसानहरु अहिले धान रोपाइ गर्न व्यस्त भएका छन्। यस वर्ष रौतहटमा असार मसान्त भित्रमै धान रोपाइ सकिने कृषि ज्ञान केन्द्र गौरका प्रमुख झाले बताएका छन्। जिल्लामा कुल १ लाख १२ हजार ६ सय हेक्टर खेतीयोग्य जग्गा रहेको छ ।

जसमध्ये झण्डै ४९ हजार हेक्टर जग्गामा धान खेती गर्ने गरिन्छ ।केही दिन अघि भएको लगातारको वर्षाका कारण खेतहरुमा पानीको मात्रा बढी हुंदा धान रोपाई समस्या भएको थियो। तर गएको आइतवार देखी वर्षा रोकिएपछि खेतहरुमा पानीको मात्रा कम भएकोले किसानहरु अहिले धमाधम धान रोपाइ गर्नमा व्यस्त भएको देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here