कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाएका परिवारलाई इलामको देउमाई नगरपालिकाले राहतस्वरुप रु ५० हजार उपलब्ध गराउने भएको छ।

नगर कार्यपालिकाको बैठकले कोरोनाबाट नगरबासीको मृत्यु भएमा राहत उपलब्ध गराउने निर्णय गरेको हो। यो नयाँ आर्थिक वर्षको कार्यक्रम भएको मेयर सूर्यप्रसाद पोख्रेलले बताए।

त्यस्तै, नगरपालिकाले अपाङ्ता भएका व्यक्तिलाई मासिक रु।५०० भत्ता दिने निर्णय गरेको छ। देउमाई नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिँदै आएको छ।

यससँगै ४५ वर्ष नाघेका अविवाहित महिलालाई मासिक रु। १ हजार भत्ता उपलब्ध गराउने भएको छ। यौनिक अल्पसंख्यकलाई पनि मासिक रु।१ हजार भत्ता उपलब्ध गराउने नगरपालिकाको नीति तथा कार्यक्रम रहेको छ।

देउमाईले नगरभित्र बसोबास गर्ने व्यक्तिले बच्चा जन्माउँदा पोषण सुविधा उपलब्ध गराउँदै आएको छ। त्यस्तै मृत्यु हुँदा दाहाससस्कार खर्च भनेर पनि नगद उपलब्ध गराउँदै आएको छ। जन्म र मृत्युमा नगरबासीलाई नगद रु। ५ हजार उपलब्ध गराउँदै आएको मेयर पोख्रेलले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here