राैतहट, २७ असाेज ।
राैतहट जिल्लाकाे दुई गाउँपालिका मध्येकाे एक यमुनामाई गाउँपालिका,सरुअठाले झण्डै साढे ४१ कराेडकाे बजेट पारित गर्दै अाफ्नाे बन्द सत्र सम्पन्न गरेकाे छ ।
नेपाल सरकारले निर्धारण गरेकाे गएको असार महिनामै अार्थिक वर्ष २०७७/०७८ काे बजेट विनियोजन तथा कार्यक्रम प्रस्तुत गरेकाे यमुनामाई गाउँपालिकाले चालू अाव काे लागि ४१ कराेड २९ लाख ६५ हजार ४ सय ७२ रुपैया ४२ पैसाको बराबरको वजेट पारित गरेकाे हाे ।
विगत केही अार्थिक वर्षहरुमा भएको विवाद झै यश वर्ष पनि खुल्ला सत्रमा विवाद भएका कारण बन्द सत्र ढिलाे हुन गए ता पनि अन्य वर्षहरुमा झै नभई यश वर्ष सम्पूर्ण सदस्यहरुले सर्वसहमतिका साथ बजेट पारित गरेकाे देखिएकाे छ ।
गापाका निमित प्रमुख प्रशासकीय अधिकृत माेहमद शमसाद अालमका अनुसार अन्य ४ वर्षकाे तुलनामा यश अावमा अलि ढिलै भए पनि सबैकाे सहमति र सहकार्यमा बजेट ल्याउन पाउँदा अाफुलाई खुशिलागेकाे प्रतिक्रिया दिए ।
गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्र रहेका दलितहरुकाे उचित अावास व्यवस्थापनका लागि दलित अावासकाे निर्माणका लागि गाउपालिका अध्यक्ष श्रीप्रसाद मुखिया एवम उपप्रमुख गिता देवि साहकाे विषेश पहलमा २ कराेड २० लाख रकम विनियोजन गरिएको गाउपालिका प्रवक्ता नन्दलाल राय यादवले जानकारी दिनु भयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here