रौतहट १८ असार ।
अविरल वर्षासँगै पछिल्लो दुई दिनदेखि लगातार बढ्दै गएको रौतहटको ठुला २ नदीमा पानीको सतह शुक्रबारबाट घट्न थालेको छ । रौतहटको पूर्वी भेग स्थित बागमती र पश्चिम लालबकैया नदीमा शुक्रबार बिहानै देखि पानीको सतह घटिरहेको स्थानियले बताएका छन । रौतहटमा रहेका साना साना खोलाहरूमा भने बर्षा हुने समयावधिमा केही क्षण पानीको बहाव बढ्ने गरेकोछ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार बागमती नदीमा पानीको सतह ६५० मिलिलिटर र बकैया नदीमा अन्दाजी साढे ५ फिट पानीको सतह रहेको थियो तर शुक्रबार बिहानको मापन अनुसार बागमती ५५० मा मिलिटर र लालबकैया नदीमा अन्दाजी ५ फिट पानीको सतह रहेको रौतहटका प्रमुख जिल्ल अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । रौतहटका अन्य खोलाहरू चांदी, झांझ, गुजरा लगायतका खोलामा पानीको सतह भने बर्षा हुने समयमा केही क्षण बढ्ने र घट्ने भइरहेको यादवले जानकारी दिनु भयो । बागमती नदीमा ५०० मिलिमिटर भन्दा बढी पानीको बहाव देखिएमा खतराको सङ्केत मानिने हुदा क्रमश ः खतरा कम हुँदै गएको यादवले बताउनु भयो । लगातारको बाढीले क्षतिग्रस्त बनाएको बागमतीको १ नम्बर स्पर नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले गएराती मर्मत गरेको छ । राजदेवी नगरपालिका ९ स्थित कटान हुन लागेको स्पर संयुक्त टोली र स्थानीय मिलेर बाँस पाईलिङ गरी बोराभित्र बालुवा राखेर तत्काल मर्मत गरेको रौतहट प्रहरी प्रमुख एसपी सिद्धि विक्रम शाहले जानकारी दिनु भयो । नदीहरूमा पानीको बहाव कम भएपछि जिल्ला सदरमुकाम गौर स्थित मुख्य बाटोमा अदालतको अगाडि डेढ फिट पानी जमेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here