काठमाडौं १२ पौष ।
हुम्लाको दक्षिणी क्षेत्रमा रहेका महिलाले कात्तिकदेखि सुत्केरी भत्ता नपाएको गुनासो गरेका छन् । तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाका महिलाले आफूहरु सुत्केरी हुँदा पाउनुपर्ने भत्ता नपाएको गुनासो गरेका हुन् । प्रसूतिगृहमा सुत्केरी हुनेलाई निश्चित रकम भत्ता दिने सरकारी व्यवस्था भए पनि गाउँपालिकाबाट रकम निकासा नहुँदा भत्ता नपाएको ताँजाकोट गाउँपालिका–२ निवासी मैलागाउँका राजपुरा सुनारले गुनासो गरिन्।

गत कात्तिकमा सुत्केरी भएको तर हालसम्म सुत्केरी र गर्भवती जाँच गरेवापत पाउने भत्ता नपाएको सुनारले गुनासो गरिन् । भत्ताकै लागि तीनपटक स्वास्थ्यचौकीमा पुग्दा गाउँपालिकाबाट भत्ता नआएकाले दिन नसकिएको जवाफ पाएको उनले बताइन् । सुत्केरी भएकै बेला दिएर पोषिलो खानेकुराका लागि पाउनुपर्ने भत्ता सात महिनासम्म नपाएको अर्की सुत्केरी गरी बुढाले बताइन् आफू असारमा सुत्केरी भएको तर भत्ता नपाएको गुनासो गरिन्

सुत्केरी भत्ताका साथै गर्भजाँच गराएको भत्ता पनि नपाएको यहाँका महिलाले गुनासो गरेका छन् । राज्यबाट गर्भवतीलाई प्रसूतिगृहमा सुरक्षित सुत्केरी गराउनका लागि प्रोत्साहनस्वरूप भत्ताको व्यवस्था गरे पनि कार्यक्रम कार्यान्वयन गर्ने निकायको लापरवाहीले गर्दा हालसम्म भत्ता नपाएका हुन् । प्रसूतिगृहमा सुत्केरी हुने महिलाले रु तीन हजार प्रोत्साहन भत्ता र गर्भवती भएका बेला चारपटक गर्भजाँच गरेवापत प्रतिपटक रु २०० का दर रु ८०० गरी एक महिलाले रु तीन हजार ८०० पाउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here