११ चैत, काठमाडौं।

पीएनजी विरुद्ध २९३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको नेपालले लगातार विकेट गुमाएपछि दबाबमा परेको छ ।कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा नेपालले दुवै ओपनर कुशल भुर्तेल र अनिल शाहलाई गुमाइसकेको छ भने डेब्युटान्ट देव खनाल पनि आउट भए ।कुशलले २८ बलमा ३२ रन बनाए । यस्तै चार वर्षपछि राष्ट्रिय टिममा फर्केका अनिल ६ रन बनाएर आउट भए । यसै खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय मा डेब्यु गरेका देव खाता नखोली आउट भए ।पीएनजीका नर्मन भानुअले २ तथा नोसिना पोकनाले १ विकेट लिए ।टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ८ विकेट गुमाएर २९२ रन बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here