धनुषा  २ कात्तिक । 

मधेशी आयोगले १४९ वटा जात र मुस्लिम-थारूलाई मधेशीको रुपमा परिभाषित गर्न आफ्नो वार्षिक प्रतिवेदन मार्फत राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।  राष्ट्रपति कार्यालयमा पेश गरिएको आयोगको चौथो वार्षिक प्रतिवेदनमा १४९ वटा जात र २२०० भन्दा बढी थरहरुलाई मधेशीको रुपमा परिभाषित गर्न सिफारिस गरिएको छ  । आयोगले आफ्नो प्रतिवेदनमार्फत चुरे संरक्षण गरी पानीको स्रोत जोगाउनुपर्ने, स्थानीय पाठ्यक्रममा स्थानीय भाषाको प्रयोग हुनुपर्ने, मधेशी समुदायको आस्थाको केन्द्र रहेको हिन्दु संस्कृतिमाथि हुने अतिक्रमण रोक्नुपर्ने, हुलाकी राजमार्गको पूर्णता, मधेश प्रदेशका आठ जिल्लाहरूलाई सुक्खा क्षेत्र घोषणा गरी किसानलाई राहत दिनुपर्ने लगायत सिफारिसहरू गरेको एक विज्ञप्ति मार्फत आयोगले जानकारी गराएको छ । जनकपुरको जानकी मन्दिर, सप्तरीको बलान बिहुल गाउँपालिकामा रहेको लक्ष्मीनारायण मन्दिर लाई विश्व सम्पदा सुचीमा सुचीकृत गर्न आयोगले सिफारिस गरेको छ ।  आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आयोगमा आएको उजुरी उपर आयोगले तुरुन्त प्रकृति हेरेर समाधान गर्नतर्फ लागेको र कतिपय उजुरीको अनुगमनमा  स्थानीय प्रहरी(प्रशासनलाई समाधान गर्न निर्देशन समेत दिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here