कर्णाली, ३० असोज |

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले नेपाल प्रहरीले अन्तर्राष्ट्रियस्तरसम्म आफ्नो छवि कायम गरेको बताउनुभएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेपाल प्रहरीको ६८औंँ स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले अपराधको अनुसन्धान, नियन्त्रण एवं रोकथाममा प्रहरीले निर्वाह गरेको भूमिकालाई अन्तर्राष्ट्रियजगतले पनि मूल्याङ्कन गरेको उल्लेख गर्नुभयो । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले संवैधानिक सर्वोच्चता र विधिमा रहेर प्रहरी सङ्गठनले गरेको कामले उत्कृष्टता प्रदर्शन गरेको जनाउनुभयो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले शान्ति, सुरक्षा तथा अपराध अनुसन्धानमा नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहेको छ भन्नुभयोे ।कार्यक्रममा शान्ति, सुरक्षा र नागरिक हितमा उत्कृष्ट गरेबापत कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल र जाजरकोट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष रोकालाई सम्मान गरिएको थियो ।सोही अवसरमा चित्रकला, निबन्ध प्रतियोगिता, भलिबल र ब्याटमिन्टन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने प्रतियोगीलाई पुरस्कृत गरिनाका साथै राष्ट्र सेवाको सिलसिलामा आफ्नो जीवन आहुती दिने प्रहरीका परिवारलाई सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here