रौतहट,३ पौष ।
डब्लु एच एच, आसमान नेपाल र राजपुर नगरपालिकाको समन्वय तथा सहकार्यमा उत्थान परियोजना अन्तर्गत राजपुर नगरपालिकामा पहिलो पटक संघ संस्थाहरुको समन्वय बैठक नगर प्रमुख सकिल अख्तरको अध्यक्षतामा नगरपाकिला अन्तर्गत कार्यरत संघ संस्थाहरुको सहभागीतामा सम्पन्न भएको छ ।
राजपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको समन्वय बैठकमा
राजपुर नगरपालिका अन्तर्गत कार्यरत संघ संस्थाहरु तथा नगरपालिकासंगको समन्वय तथा सहकार्य गर्ने उदेश्यले शुरु भएको यो बैठकमा संघ संस्थाहरुको आ आफना कार्य प्रगति प्रस्तुती, आगामी योजना प्रस्तुती, क्रियाकलाप दोहोरोपन न्यनिकरण तथा राष्ट्रिय तथाअन्तर राष्ट्रिय दिवसहरु नगरपालिका संग सहकार्य तथा समन्वय गरी संयुक्त रुपमामनाउने प्रस्तावहरु माथी छलफल गरी सर्व सम्मतीबाट निर्णय गरिएको छ साथै प्रत्येक तिन तिन महिनामा यो समन्वय बैठक बस्ने निर्णयका साथ शुरुवात गरिएको आसमान नेपालका जिल्ला संयोजक हरेराम ठाकुरले बताए ।
यस बैठकमा आफनो मन्तव्य राख्दै प्रसाशकिय प्रमुख तथा यस बैठकका प्रमुखअतिथि बैजु ठाकुरले आसमान नेपाललाई धन्यवाद दिदै यो बैठक नगरपालिकाका लागि एकदमै प्रभावकारी तथा उपलब्धीमुलक रहेको साबित भएको छ र यो बैठक आसमान नेपालले पहिलो पटक शुरुवात गरी संघ संस्थाहरु बीच समन्वय तथा सहकार्य गर्ने ठुलो मदतपुर्याएको छ ।
साथै नगरपालिकामा कार्यरत संघ संस्थाहरु मध्ये आसमान नेपालले मात्र २०७७।०७८ को आफनो बार्षिक कार्यक्रमतथा बजेट नगरपालिकामा पेश गरेकोले अन्यबाकी सघं सस्थालाई पनि आफना कार्यक्रम तथा बजेट पेश गर्न अनुरोध समेत गर्नु भयो ।
साथै विश्व कोरोना माहामारीको बेलामा पनिविभिन्न स्वास्थ्य तथा सुरक्षा समाग्री वितरण तथा सहयोग गर्नुको साथै कुपोषित बच्चा तथा सुत्केरी गर्भवती आमाहरुलाई पनि पोषन खाना बितरण गरी ठुलो सहयोग पुर्र्याएकोले कार्यक्रमको निरन्तरताको अपेक्षा राख्नु भयो ।
यसै क्रममा आफनो मन्तव्य राख्दै नगर प्रमुख तथा यस बैठका अध्यक्षता ग्रहण गर्नु भएका सकिल अखतर ज्यूले आसमान नेपालले कार्यक्रम मार्फत नगरपालिकामा सुशान, पोषण तथा स्वाथ्यको क्षेत्रमा सहयोग गर्दै आएको र नगरपालिकामा रहेका कुपोषित बालबालिकाहरुको लागि पोषण खाना सम्बन्धी कार्यक्रम संचालनगर्नुको साथै बाचाको आमालाई पनि स्वास्थ्य सम्बन्धी शिक्षातथा सचेतना दिदै आएको छ ।
साथै वहाले आसमान नेपाललाई धन्यवाद दिदै यो कार्यक्रम प्रभावकारी रहेको हुदा यो कार्यक्रमको निरन्तरताका लागि अनुरोध पनि गर्नु भयो ।







