रौतहट, २० मंसिर ।
नेपाली काँग्रेस पार्टी गढीमाई नगरपालिकाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम आज शनिवार धर्मपुर पकहामा सम्पन्न भएको छ ।
नेपाली काँग्रेस रौतहटका सभापति कृष्णा यादवको प्रमुख अतिथ्यतामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा नगरका नेपाल कम्युनिष्ट पार्टी, जनता समाजवादी पार्टीमा रहेको सयौं नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।


आयोजित पार्टी प्रवेश कार्यक्रममा सभापति कृष्णा यादव एवम गढीमाई नगरपालिकाका मेयर एवम नेपाली काँग्रेसका युवा नेता श्याम प्रसाद यादवले नव प्रवेशी नेता तथा कार्यकर्ताहरुलाई अबिर तथा माला लगाई स्वागत गरेका छन् ।


नेपाली काँग्रेसका नेता एवम गढीमाई वडा नम्बर ६ का अध्यक्ष रामसिंहासन राय यादवको अध्यक्षतामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा नगरका उपप्रमुख सुभद्रा गुप्ता लगायत सयौं नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here