प्रहरीले प्रक्राउ गर्दैमा सांसदहरुलाई निलम्वन गर्न नहुने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा बोल्दै उहाँले अदालतले दोषी प्रमाणित नगरेसम्म सांसद पद निलम्वन गर्न नहुने जिकिर समेत गर्नुभयो । प्रमुख सचेतक शाहीले राष्ट्रपति निर्वाचनका बेला कुनै सांसद पक्राउ परेभने उसको मतदान गर्ने अधिकार हनन् हुनेगरी नियमावलीमा कुनैपनि व्यवस्था गर्न नहुने बताउनु भयो । जनताबाट निर्वाचित सांसदलाई कमजोर बनाउने गरी नियमावलीको व्यवस्था गर्ने कुरामा आफू सहमत हुनै नसक्ने उहाँको भनाई थियो । प्रमुख सचेतक शाहीले अदालतले दोषी प्रमाणित गरेपछि मात्रै सांसद पद निलम्वन हुने व्यवस्था गर्नु संविधान र कानुनको दृष्टिले पनि उपयुक्त हुने बताउनु भयो । प्रमुख सचेतक शाहीले अनुसन्धानका लागि पक्राउ गर्दैमा सांसद पद निलम्वनमा पर्ने कुरा संविधान विपरित हुने बताउनु भयो ।







