रौतहट १५ कात्तिक ।
रौतहटको यमुनामाई गाउँपालिका वडा न.१ जेठरहिया सुकचौकस्थित स्व.सुकदेव साह कानुको निर्मित शालिकको विधिवतरुपमा एक भब्य समारोहका बीच उदघाटन गरि मालाअर्पण गरेको छन । सो कार्यक्रमको प्रमुख अतिथि प्रदेश २ का कृषि राज्य मन्त्री योगेन्द्र राय यादवले
लगभग ५० बर्ष पुर्व स्व।सुकदेव साह कानुको अथक प्रयासबाट शुरु भएका सुकदेव चौकको बिस्तारले आज बिकसितरुप लिएको छ।

साथै वहाको नामबाट उक्त चौकको समेत नामाकरण गरिएको छ। वहाको सम्मानस्वरुप ४० लाखको लागतमा स्व सुकदेव प्रवेशद्वार जेठरहिया निर्माण हुने भएको छ। साथै आयोजकले वहाको धर्मपत्नीलाई दोसाला ओढाई सम्मानसमेत गरेका छन ।
यमुनामाइ गाउँपालिकाका न १ का वडा अध्यक्ष नन्दलाल यादवले अध्यक्षतामा सम्पन्न शालिक उदघाटन कार्यक्रममा सहभागी भएको रौतहट जिल्लाको माधवनारायण नगरपालिकाका नगर प्रमुख बिरेन्द्र यादव , यमुना माई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखिया समेतको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here