पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ आज समापन हुँदै छ । महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार कोटिहोम शनिबार औपचारिक समापन हुने बताएका हुन् ।
शुक्रबार कोटिहोममा महाआरती गरिएको थियो । महाआरतीमा भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो । कोटिहोममा हिजो देखि नै विभूति (भष्म), तिलक र प्रसाद वितरण गरिएको छ । विभूति, तिलक र प्रसाद लिन भक्तजनको भिड लागेको थियो ।
शुक्रबारदेखि हवन कुण्डमा रहेका इट्टा वितरण गरिएको छ । उनका अनुसार १ सय रुपैयाँ तिरेर हवन कुण्डमा रहेका इट्टा पनि घरमा लान पाइने व्यवस्था रहेको छ । त्यसै गरी कोटिहोममा रहेका जल सहितको कलश पनि वितरण भइरहेको छ ।
कोटिहोममा भएको राष्ट्रिय भजन प्रतियोगिताको पुरस्कार पनि हिजै वितरण गरिएको छ । प्रतियोगितामा देविस्थान भजन समूह पोखरा–२५ हेमजा प्रथम हुँदै ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्दा माछापुच्छे सेवा समाज पोखरा–२५ हेमजा द्वितीय हुँदै २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त ग¥यो ।
त्यस्तै बालन एवम् कला संस्कृति संरक्षण प्रतिष्ठान पोखरा–१७ तृतीय भएर १ लाख ५५ हजार ५ सय ५५ प्राप्त गर्दा राधाकृष्ण भजन समूह सैन मैना र भद्रकाली खैँजडी भजन समूह सान्त्वना हुँदै ६५÷६५ हजार प्राप्त गरे ।
त्यसै गरी धर्मोदय दश अवतार भजन समूह पाल्पा रामपुर उत्कृष्ट झाँकी, भक्ति मार्ग आध्यात्मिक कलाकार सङ्घ उत्कृष्ट अभिनय, मातृकेश्वर एकता भजन समूह पोखरा–२५ हेमजा उत्कृष्ट शब्द संयोजन, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान कालिका मन्दिर बागलुङ उत्कृष्ट नृत्य, हरिहर भजन समूह स्याङ्जा पुतली बजार उत्कृष्ट प्रस्तुति घोषित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here