नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको संस्थागत विकास मार्फत मात्र देशको समुन्नत, सभ्य र समृद्ध नेपाल निर्माण गर्न सकिने बताएका छन् ।
बिहीबार गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले नेपाली जनताको बलिदानबाट प्राप्ते ऐतिहासिक उपलब्धीको रक्षा गर्नु सबैको साझा जिम्मेवारी रहेको धारणा राखे ।
उनले भने,‘संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको संस्थागत विकास मार्फत मात्र हामीले समुन्नत, सभ्य र समृद्ध नेपाल निर्माण गर्न सक्नेछौं । नेपाली जनताको बलिदानबाट प्राप्त यो ऐतिहासिक उपलब्धीको रक्षा गर्नु हामी सबैको साझा जिम्मेवारी हो । समावेशी लोकतन्त्र, सामाजिक न्याय, समता र समृद्धिको मार्गमा अग्रसर हुँदै यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’
त्यस्तै उनले वि.सं. २०६५ सालको जेठ १५ गते संविधान सभाको पहिलो बैठकबाट राजतन्त्रको औपचारिक अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिएको स्मरण गरे । सोही ऐतिहासिक दिनलाई प्रत्येक वर्ष ‘गणतन्त्र दिवस’ को रुपमा गौरवका साथ मनाउँदै आएको उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here