काठमाडौं, जेठ , १४ । माओवदी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल प्रचण्डले केपी ओली बहेक अरु सबै नेता कार्यकत्ता संग मिलेर काम गरन सक्छु तर ओली संग काम गर्न सक्दैन भनेका छन् । शनिवार सरकारको निती तथा कार्यक्रमा बेल्दै अध्यक्ष प्रचण्डले भन्नु भयो । के पी ओलीको अहंकार ले गर्दा वहाँ संग मिलेर म काम गर्न सक्दैन अरु नेकपा का अरु नेता कार्यकत्ता संग मिलेर काम गर्न सक्छु तर के पी ओली संग मिलेर काम गर्न सक्दैन बताएका छन् । केपी ओलीकै व्यवहारका कारण सिंगो एमालेसँग मिलेर काम गर्न सक्ने अवस्था नदेख्दा आफूलाई चिन्ता लागेको प्रचण्डको भनाइ छ । ‘म तीन घण्टा सम्बोधन भए पनि ध्यानपूर्वक सुनिरहेको थिएँ कतै रियलाइजेशस आउँछ कि, कतै वामपन्थहरूको एकताको कुरा आउँछ कि’ प्रचण्डले थपे, ‘तर, आएन् । पुर्नसमीक्षा गर्ने कुरामा जानुहन्छ कि भनेको त उहाँ त सुरुदेखि अन्त्यसम्म खाली गाली र बदनामी गर्नेमा मात्रै केन्द्रित हुनुभयो । अहिले सम्म के पी ओली को घमण्ड गएको छैन । वहाँ को कारण ले गर्दा नेपालमा वामपन्थहरूको शक्ति कमजोर भएको जिक्र गर्नु भयो ।








