रौतहट, २८ वैंशाख । स्वर्गीय रामा यादवको चौंथो पुण्यतिथिको अवसरमा “रामा यादव स्मृति” पत्रकारिता पुरस्कार २०८१÷२०८२ अन्तर्गत स्वास्थ्य क्षेत्रमा कलम चलाउने दुई महिला कलजीविलाई पुरस्कार दिने घोषणा गरिएका छन् ।
रौतहट सदरमुकाम गौर स्थित रेड टेलिभिजनको सभाहलमा आईतवार रामा यादव स्मृति प्रतिष्ठानद्वारा आयोजित “रामा यादव स्मृति” पत्रकारिता पुरस्कार २०८१÷२०८२ को दुई जना महिला कलमजीवि पत्रकारको नाम नेपाल पत्रकार महासंघका अध्यक्ष संजय कार्कीले नाम पढेर घोषणा गरेका हुन् ।उक्त कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष कार्कीले रौतहटको पत्रकारिता क्षेत्रलाई धेरै सुधार गर्नुपर्ने आवश्यक्ता रहेको छ । समाचारको लेखन, प्रस्तुती लगायतका अन्य पाटोहरुमा निकै सुधारको गर्नुपर्ने नितान्त जरुरी रहेको हुँदा चाँडै सुधारका केही झलकहरु देखिने बताए ।रेड टेलिभिजनले गरेको कार्य निकै नै सराहनिय रहेको चर्चा गर्दै समाज परिवर्तनमा यस टेलिभिजनको महत्वपूर्ण भुमिका हुनुपर्ने बताए ।सो कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य शिव पुरीले फेसबुकमै लेख्नु कुनै आपत्ती छैन् तर सभ्य, मर्यादित, सबैलाई सजिलै पाच्य हुने गरी समाचार लेख्नु पर्छ । अहिले वीरगञ्ज र सर्लाही भन्दा पनि छाडा भाषाहरुमा समाजिक संजालमा प्रस्तुत हुने बानीबाट पत्रकारिता क्षेत्र धरमराउन थालेको र त्यसको असर राम्रो ढंगले कलम चलाएर जिवनयापन गरिरहेका संचारकर्मीहरुलाई परेकोमा दुख व्यक्त गरे ।
फेसबुकमा चाँडै हेर्ने भएको हुँदा ठूल ठूला मिडिया हाउसहरुले प्रकाशित समाचारको लिंक समेत अहिले फेसबुकमै राख्ने गरेको हुँदा यसलाई नराम्रो मान्नु नहुने जिकिर गर्दै हुँदै नभएका स्टाटसहरु लेख्ने कार्य राम्रो एवं मर्यादित नभएको जिकिर गरे ।उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षद्वय शैलेन्द्रकुमार गुप्ता, प्रेमचन्द्र झा, प्रभाकुमार झा, नेपाल पत्रकार महासंघ रौतहट शाखाका उपाध्यक्ष डिल्लीबहादुर कार्की, श्रमजीवि पत्रकार महासंघका अध्यक्ष सन्तोष पौडेल सहितका संचारकर्मीहरुले स्वर्गीय रामा देवीले देखाएको मार्गमा हिडेर निरन्तर रुपमा यहाँको स्वास्थ्य शिक्षाको क्षेत्रमा आमूल परिवर्तन ल्याउनमा मद्दत पुर्याउनुपर्ने चर्चा गर्दै आउदो दिनमा रेड टेलिभिजनको उत्तरोत्तर प्रगतिको कामना गरे ।
रेड टेलिभिजनका संस्थापक एवं रामा यादव स्मृति प्रतिष्ठानका संरक्षक जयप्रकाश यादवको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमा उल्लेख संख्यामा संचारकमीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन पत्रकार राकेश यादवले गरेका थिए ।

रामा स्मृति प्रतिष्ठानले “रामा यादव स्मृति” पत्रकारिता पुरस्कार २०८१ सालको वारा जिल्लाको सिमराबाट कलम चलाउदै आएकी रेडियो समर्पणको प्रमुख तथा रातोपाटी अनलाईनको संवाददाता शारदा पोखरेल छनौट हुनु भएकी छिन् । उनलाई २६००१ बाट सम्मानित गरिने छ । यस्तै २०८२ सालको पुरस्कार महोत्तरी खुट्ट पिपराठी ४ की टिभी टुडमा कार्यरत चाँदनी झालाई दिने निर्णय गरिएको प्रतिष्ठानका संरक्षक जयप्रकाश यादवले जानकारी दिए । उनीहरुलाई रेड टेलिभिजनको बर्षीकोत्सवका दिन उक्त पुरस्कार प्रदान गरिने उनले बताए ।







