नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले बिपि कोइरालाको नामबाट स्थापना भएको सहकारीले बद्नाम र आलोचना हुने काम नगर्ने विश्वास लिएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित वीपि स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १७ औं वार्षिकोत्सवमा उनले अहिले सहकारीको धेरै ठूलो बद्नामी भईरहेको भन्दै यस्तो अवस् स्थापना भएको सहकारीले सच्चा मान्यमा, राष्ट्रको लागि काम गर्नुपर्ने बताए ।
उनले भने, ‘बिपि कोइरालाको नामबाट स्थापना भएको सहकारीले कुनै पनि प्रकारको अनियमित, बद्नाम र आलोचना हुने काम गर्ने छैन् भन्ने विश्वास छ । अहिले सहकारीको धेरै ठूला् बद्नामि भईरहेको छ, यस्तो हुनु हुदैँन् । बिपि कोईराला जस्तो हाम्रो जननायक नेताको नामबाट जुन यो सहकारी स्थापना भएको छ यसले अवश्य नै सच्चा मान्यमा, राष्ट्रको लागि राम्रो काम गर्ने छ ।’
सोही कार्यक्रममा वीपि स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडका अध्यक्ष एंव काङ्ग्रेसका नेता उमेश जंग रायामाझीले यो सहकारी रविको सहकारी नभएको भन्दै यसले भ्रष्टाचार र ठगि नगर्ने बताए ।
उनले भने, ‘केही कमि कमजोरीहरु भएका छन्, यी कुरालाई ध्यानमा राखेर काम गरेका छौ । यो सहकारी रविको सहकारी होईन यसले भ्रष्टाचार गर्दैन, यो ठगि गर्ने संस्था होईन यो स्वास्थ्य सेवा दिने वीपिको नाममा स्थापना भएको संस्था हो । एक पैसा खाने छैन् र खान दिन छैन् ।’
वीपि कोईरालाको नाममा खोलिएको संस्था भएको हुनाले लोपोन्मुख १० जातिलाई निशूल्क सेवा गर्ने र कुनै पनि आन्दोलनका घाइते र शहिद परिवारलाई पनि सेवा दिने निर्णयका साथ अगाडि बढेको उनको भनाई छ ।
उनले भने, ‘वीपि कोईरालाको नाममा खोलिएको हुनाले हामीले लोपोन्मुख १० जातिलाई निशूल्क सेवा गर्ने निर्णय गरेका छौ । कुनै पनि आन्दोलनका घाइते र शहिद परिवारलाई पनि हामी सेवा दिन्छौ । कुनै पनि बिरामी हाम्रो अस्पताल आएपछि पैसा नभएका कारण बिना उपचार फर्किदैँन् । यही भावना लिएर हामी सातै प्रदेशमा जान लागेका छौ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here