वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले नेपालमा पाइने वनस्पतिहरुको अनुसन्धान र विकास गर्न वनस्पति विभागले महत्वपूर्ण योगदान गर्दै आएको बताएका छन् । ।
शुक्रबार काठमाडौंमा वनस्पति विभागको ६५ औं वार्षिकोत्सव तथा २६ औं वनस्पति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले नेपालको आफ्नै किसिमको सौन्दर्य, हावापानी, प्रकृती र पहिचान भएको भन्दै यसलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पनि विभाग सफल भएको बताए ।
उनले भने, ‘नेपालको आफ्नै किसिमको सौन्दर्य, हावापानी, प्रकृती र पहिचान छ । नेपालमा अनेक प्रकारका फूल र वनस्पतिहरु पनि पाइन्छ । यसलाई अध्ययन अनुसन्धान गरेर थप व्यवस्थित र विकास गर्नका लागि विभागले महत्वपूर्ण योगदान गर्दै आएको छ । अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो अनुसन्धानबाट नेपाललाई चिनाउन सफल भएको छ र आगामी दिनमा विभागले हामीसँग भएका वनस्पति र यससँग सम्बन्धित भएका धेरै कुराहरुलाई अगाडि ल्याउन सफल हुनेछ भन्ने आशा गरेको छु ।’
यस्तै, उनले वनस्पति विभाग वनस्पतिको पहिचान, अभिलेखिकरण, संरक्षण, अध्ययन, अनुसन्धान गर्ने उद्देश्यका साथ विस २०१६ मा स्थापित भएको पनि जानकारी दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here