काठमाण्डाै: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावीत नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितका नेताहरुलाई मूल घरमा फर्किन अपील गरेका छन् ।तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा पत्रकार सम्मेलनमा ओलीले जारी गरेको वक्तव्यमा माधव नेपालसहितका नेताहरुलाई एमालेमा फर्कन अपील गरेका छन् ।

ओलीले जारी गरेको वक्तव्य पार्टी सचिव प्रदीप ज्ञवालीले बाचन गरेका थिए ।लगत्तै पत्रकारहरुले राखेका जिज्ञासामा ओलीले वर्तमान सरकारले जारी गरेको अध्यादेश असंवैधानिक भएको टिप्पणी गरे । सरकारले संविधानको मर्मविपरित कुनै दल विशेषलाई फुटाउने नियत राखेर अध्यादेश ल्याएकोमा आपत्ती जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here