नेपाल प्रिमियर लिग (एनपिएल) मा शुक्रबार पनि दुई खेल हुनेछन् ।
एनपिएलमा आजको पहिलो खेल लुम्बिनी लायन्स र कर्णाली याक्सबीच हुदैँछ । कीर्तिपुरस्थित टियु मैदानमा पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले अन्तिम खेलमा सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीसँग प्रतिस्पर्धा गर्न लागेको हो।
लुम्बिनीका लागि आजको खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ । लुम्बिनी एनपीएलको प्लेअफ होडबाट बाहिरिसकेको छ ।
लुम्बिनीका लागि आजको खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ । लुम्बिनी एनपीएलको प्लेअफ होडबाट बाहिरिसकेको छ ।
त्यस्तै, एनपीएल अन्तर्गत शुक्रबारको दास्रो खेलमा दिउँसो विराटनगर र चितवन भिड्दैछन्। यो खेल देउँसो १ बजे सुरु हुनेछ।