रौतहट । रौतहट प्रहरीले १७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको विवरण अनुसार पक्राउ पर्नेमा चेक अनादर, किर्ते जालसाजी, जुवा र नाता कायमका मुद्दामा सजाय तोकिएका प्रतिवादीहरू छन् ।
प्रहरीका अनुसार सबभन्दा धेरै चेक अनादरका प्रतिवादीहरू पक्राउ परेका छन । चेक अनादरका ८ ,किर्ते जालसाजी ५, जुवाका ३ र नाता कायमका एकजना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवम् डिएसपी दीपककुमार रायले बताए ।
चेक अनादरमा दिनेश मान श्रेष्ठ, शेख अलाहुदिन, मो.हैदर अलि, शेखरमान श्रेष्ठ , राम एकबाल चौधरी, नारायण प्रसाद घिमिरे लगायत रहेको उनले जानकारी दिए ।
किर्ते जालसाजीमा जुमराति अन्सारी, राजेन्द्र चौधरी, सुनिता देबि, पृथ्वीनारायण महतो कोइरी र सोनेलाल भगतलाइ पक्राउ गरिएको रौतहटका प्रहरी प्रवक्ता रायले बताए ।
जुवामा रामकृत प्रसाद गुप्ता , शेख रहमुल्ला, शेख ताहिद र नाता कायममा इद्न खतुनलाई पक्राउ गरिएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
पक्राउ परेका १७ जनालाई फैसला कार्वान्यनको लागी जिल्ला अदालत रौतहटमा उपस्थित गराईएको प्रवक्ता रायले बताए ।
जिल्ला प्रहरी कार्यालय रौतहटले फरार रहेका प्रतिवादीलाई पक्राउ अभियान नै संचालन गरेको छ । अदालतको आदेशअनुसार फरार रहेका अन्य प्रतिवादीहरूको समेत खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।